दुधपोखरीमा डुबेर एक किशोर बेपत्ता



काठमाडौँ, साउन २६ । लमजुङ, कास्की र मनाङको सिमानामा रहेको दुधपोखरीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन् ।

दुधपोखरीमा जनैपूर्णिमाको दिन नुहाउन गएका लमजुङको क्व्होलासोथार गाउँपालिका–४ भुजुङका १८ वर्षीय मनोज गुरुङ बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गुरुङ शनिबार बिहान साथीसँगै दुधपोखरीमा नुहाउन गएका थिए । पोखरीको छेउबाट पौडी खेल्दै बिचतिर गएपछि उनी हराएका हुन् ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्