आमाको थरबाट नागरिकता लिन पाइने, गरियो यस्तो व्यवस्था
काठमाडौं, साउन २७ । आमाको नामबाट नागरिकता लिन चाहनेहरुका लागि नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ ल्याइएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
जबर्जस्ती करणीबाट जन्मेका सन्तान वा बुवाको नाम थाहा नभएको वा बताउन नचाहनेहरुका लागि नागरिकताको अधिकार सम्बोधन गर्ने गरी यो विधेयक ल्याइएको हो । आमाको थर राखेर त्यस्ता सन्तानले नागरिकता लिन पाउने मन्त्री लेखकले प्रस्ट्याए ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले वैदेशिक रोजगारका क्रममा वा अन्य कारणले विदेशमा गर्भाधान भई नेपाली आमाबाट नेपालमै जन्मिएका सन्तानले नागरिकता पाउने बाटो खुला हुने बताए । गोरखापत्रमा खबर छ ।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार
















