लायकू भैल नाच
भक्तपुरको मध्यपुर थिमि लायकू दरबारमा बिहीबार बिहान ऐतिहासिक लायकू भैल नाच प्रदर्शन गरिँदै । बुधबार रातिबाट लायकू, दथुटोल, मरूटोल, बालकुमारी, ईनायलाछि, दिगुटोल, चपाचोलगायतका क्षेत्रमा रातभरी नाच प्रदर्शनपछि आज बिहान लायकूमा आइपुगेर नाच प्रदर्शन गरिएको हो । आज राति पुन नाच प्रदर्शन हुनेछ । तस्बिर: रत्न श्रेष्ठ / रासस
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार
















