अष्टिम्की चित्र बनाउँदै युवती
दाङको घोराही उपमहानगरपालिका–१४ झिङौराकी स्थानीय थारु युवती शनिबार बैठक कोठाको भित्तामा अष्टिम्की चित्र बनाउँदै । थारु समुदायमा कृष्ण जन्माष्टमीका दिन व्रत बसेर साँझ भित्तामा बनाइएको अष्टिम्की चित्रलाई पूजापाठ गरेर मनाउने परम्परा रहिआएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार
















