उपत्यकामा असिनासहितको भारी वर्षा



काठमाडौँ, चैत्र ११

काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज साँझ असिनासहितको भारी वर्षा भएको छ । स्थानीय वायुको प्रभावका कारण लामो समयदेखि विकास भएको प्रणालीले बदलीसँगै असिना र वर्षा गराएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकाको उत्तरतर्फको भेगमा भारी असिना वर्षात्् भएको छ । यो केही समय रोकिए पनि बदली रातभर रहनेछ । खासगरी देशका मध्य र पश्चिमी पहाडी भेगमा बदली रहने मौसमविद् श्रेष्ठको भनाइ छ ।

स्थानीय वायुको प्रभावका कारण असिनासहितको वर्षात् भएको र यो प्रणाली उत्तरबाट दक्षिणतर्फ झर्दै गरेकाले सोको असर देखिएको हो ।

आज काठमाडौँ उपत्यकाको अधिकतम २३ र न्यूनतम तापक्रम १२ डिग्रिसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News