साउनमा मात्रै प्रहरीद्वारा ६१ करोडभन्दा बढी राजस्व दाखिला



काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो महिनामै उल्लेखनीय मात्रामा राजश्व संकलन गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार साउन महिनाभर विभिन्न शीर्षकअन्तर्गत संकलन भएको कुल ६१ करोड ९ लाख ५४ हजार ७४३ रुपैयाँ राजश्व खातामा दाखिला गरिएको हो ।

प्रहरीका अनुसार हुण्डी कारोबार नियन्त्रण, अदालती फैसला कार्यान्वयन, ट्राफिक कारबाही, अवैध सुनचाँदी बरामद, अवैध मालसामान र अवैध पशुपंक्षी नियन्त्रण लगायतका गतिविधिबाट यो राजश्व संकलन भएको हो ।

गैरकानुनी कारोबार र आपराधिक गतिविधि नियन्त्रणसँगै राज्यको आम्दानीमा समेत उल्लेख्य योगदान भएको देखिएको छ ।

प्रकाशित मिति: १२ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्