आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको छ ।

मौसमी प्रभावले अहिले देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भइहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो बागमती प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।

विशेष गरी सुदूरपश्चिम प्रदेशका भूभागमा अझै मेघगर्जनसहित वर्षा गराउने बादल विकसित भइरहेको छ ।

त्यस्तै राति सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा हुने भएकाले विभागले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति: १६ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्