प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र लाओसका राष्ट्रपति थोन्ङ्लौन सिसौलिथबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र सिसौलिथबीच आज बिहान भेटवार्ता भएको हो ।

भेटमा दुईपक्षीय हित र सहकार्यलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता पनि गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले आज रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुसँग पनि भेटवार्ता गर्ने तयारी छ ।

प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि यही भदौ १४ चीन गएका हुन् ।

प्रकाशित मिति: १६ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्