प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै, यस्तो छ कार्यक्रम



चीन । चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज राजधानी बेइजिङ जाँदै छन् ।

बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ । नेपाली टोली साथै उपराष्ट्रपति चङ्गले आयोजना गरेका रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रधानमन्त्री ओलीको चीनका राष्ट्रपति सी चीनफिङसँग थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ ।

नेपाली टोली अब भदौ १८ गते बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रकाशित मिति: १७ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्