गोरखामा रात्रिबस दुर्घटना, २१ जना घाइते



गोरखा, भदौ १७ । गोरखामा मंगलबार बिहानै रात्रि बस दुर्घटना भएको छ ।

काठमाडौंबाट आरुघाट–माछीखोला तर्फ जाँदै गरेको गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस भीमसेन थापा गाउँपालिका–३ डाँडाबेँसीस्थित गँगटे मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर २१ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ब्रेक फेल बस भएर दुर्घटना भएको अनुमान गरिएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: १७ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्