बैतडीमा रातिको समयमा गाडी चलाउन रोक



काठमाडौँ, भदौ १७ । अविरल वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि बैतडीमा राति गाडी चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा राजमार्ग र सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

प्रशासनले जिल्लावासीलाई पनि आकस्मिक अवस्थामा बाहेक यात्रा नगर्न आह्वान गरेको छ । तीन दिनदेखि लगातार वर्षा हुँदा सुदूरपश्चिम प्रदेशका बैतडीसहितका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

महाकाली नदीको सतह बढेकाले किनारका बासिन्दालाई चनाखो रहन आग्रह पनि आग्रह गरिएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विपदको जोखिम भएकाले स्थानीय उच्च सतर्कता अपनाउन, जोखिम भएका स्थानमा नबस्न र अति आवश्यक नभई यात्रा नगर्न भनिएको बताए ।

प्रकाशित मिति: १७ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्