गोरखा बस दुर्घटना : यी हुन् २१ घाइते, चार जना रिफर (सूचीसहित)



काठमाडौँ, भदौ १७ । गोरखामा मंगलबार बिहान भएको बस दुर्घटनामा घाइते भएका २१ जनाको सूची सार्वजनिक भएको छ ।

घाइतेमध्ये १७ जनाको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ४ जनाको अन्यत्र रिफर गरिएको छ ।

दुर्घटनामा खुट्टा फ्याक्चर भएका, टाउकोमा चोट लागेकासहितका गम्भीर घाइतेचार जनालाई अरुघाटबाट अन्यत्र रिफर गरिएको अस्पतालका मेडिकल अधिकृत डा. अमरेश कुमार मण्डलले बताए ।

बिहान काठमाडौँबाट आरुघाटका लागि छुटेको बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको बस भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ मा दुर्घटना भएको थियो ।

प्रकाशित मिति: १७ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्