मनाङ प्रदेशसभा उपचुनावका लागि दल दर्ता आह्वान



काठमाडौं, भदौ १७ । निर्वाचन आयोगले मनाङ जिल्ला, प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. २ को रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

आयागले मंगलबार सूचना जारी गर्दै राजनीतिक दलहरूले भदौ १९ गतेदेखि २५ गतेसम्म कार्यालय समयभित्र निवेदन दिन आह्वान गरेको हो ।

कात्तिक १७ गते हुने उपनिर्वाचनमा भाग लिन राजनीतिक दलले नेपाल संविधानको धारा २ सय ७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता प्रक्रियामा सहभागी हुन सकिने आयोगले जनाएको छ ।

निवेदन राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा तयार गर्नुपर्ने सूचनामा उल्लेख छ ।

मनाङ उक्त प्रदेशसभा सिटमा निर्वाचित दीपक मनाङे ज्यान मुद्दामा दोषी ठहर भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: १७ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्