चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
काठमाडौं, भदौ १८ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) स्वदेश फर्किदै छन् ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साघाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिएका ओली बुधबार स्वदेश फर्किन लागेका हुन् ।
प्रधानमन्त्री ओली भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिन पुगेका प्रधानमन्त्री ओलीले सम्मेलनमा सहभागी केही विश्व नेतासँग भेटवार्ता गरेका छन् ।
प्रतिनिधिमण्डलमा प्रधानमन्त्री ओलीसहित उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल एमाले सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी छन् ।
प्रकाशित मिति: १८ भदौ २०८२, बुधबार












