अमेरिकाबाट निष्कासित ३७ नेपालीलाई आज नेपाल ल्याइदै



काठमाडौं । अमेरिकाबाट निष्कासित ३७ जना नेपालीलाई आज चार्टर विमानबाट नेपाल ल्याइने भएको छ ।

अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ जहाजबाट अवैध रुपमा बसोबास गरेका ३७ नेपाली नेपाल पठाउन लागेको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेपछि दुई सय बढी नेपाली डिपोर्टमा परिसकेका छन् । अध्यागमनले डिपोर्ट भएका नागरिकको विवरण सर्वजनिक नगरे पनि यसरी स्वदेश फर्किएका नेपाली विभिन्न २८ जिल्लाका छन् ।

प्रकाशित मिति: १८ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्