बौद्ध भाटभटेनी सुपरस्टोरबाट जलेको अवस्थामा ६ वटा शव फेला



काठमाडौं । काठमाडौं महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरबाट ६ वटा शव फेला परेका छन् ।

पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।

ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् । डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ ।

जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट र आगजनी भएको थियो । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

प्रकाशित मिति: २९ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्