जिल्ला कारागार चितवनमा फर्किए २३५ कैदीबन्दी
चितवन । जिल्ला कारागार चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागार फर्किएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।
कारागार कार्यालयमा कैद भुक्तान गर्दै आएका तथा बन्दी जीवन बिताएकामध्ये चार जना भैरहवा कारागारमा र एक जना दमौली कारागारको सम्पर्कमा आएको उनले बताए ।
यस्तै अन्य कारागारका १४ कैदीबन्दी यस कारागारमा सम्पर्कमा आएका छन् । कतिपय टाढा भएकाले समय लाग्ने जनाएका छन् ।
कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार बुधबार बिहान ७४० जना कैदी कारागरबाट फरार भएका थिए ।
प्रकाशित मिति: २९ भदौ २०८२, आइतबार
















