नवनियुक्त अर्थमन्त्री खनालले कुनैपनि सरकारी सुविधा नलिने
काठमाडौं, भदौ ३० । अन्तरिम सरकारका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी सुविधा नलिने भएका छन् ।
उनले सपथ लिनुअगावै तलब, मन्त्री क्वार्टर, गाडी, पिएसओ लगायतका कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन् ।
पूर्वअर्थसचिव समेत रहेका खनाललाई अर्थमन्त्रीका रुपमा उपयुक्त पात्रका रुपमा लिइएको छ ।
प्रकाशित मिति: ३० भदौ २०८२, सोमबार
















