आगजनीपछि सर्वोच्चमा पहिलोपटक इजलास बस्दै
काठमाडौं । जेनजी आन्दोलनपछि ध्वस्त भएको सर्वोच्च अदालतमा बिहीबार पहिलोपटक इजलास बस्ने भएको छ ।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट भवन ध्वस्त भएपछि सर्वोच्चले अदालत परिसरमा टेन्ट लगाएर इजलास बस्ने भएको हो ।
सर्वोच्चमा इजलास नौ दिनपछि लागेको छ। यस दिन बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्ने गरी दुई इजलास बस्न लागेको सर्वोच्च प्रशासनले जनाएको छ । दुवै इजलास एकल हुनेछन् ।
हालै देशभर भएका विरोध प्रदर्शनका क्रममा सर्वोच्च अदालतसहित विभिन्न अदालतमा आगजनी, तोडफोड र लुटपाट हुँदा ठुलो क्षति पुगेको छ ।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार
















