सुनसरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २० भन्दा बढी घाइते



विराटनगर। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ मा रोकिराखिएको ट्रकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश-१-०२-००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परेर अन्दाजी ४० वर्षीय एक जना पुरुष र ४५ वर्षकी महिलाको मृत्यु भएको छ । उनीहरूको जिल्ला अस्पताल इनरुवा र ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल सुनसरीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक दुवै जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्