जनमत पार्टीका ६ शीर्ष नेताहरूद्धारा पार्टी परित्याग



काठमाडौं । जनमत पार्टीका ६ शीर्ष नेताहरूले पार्टी नेतृत्व कमजोर प्रदर्शन देखिएको भन्दै सामूहिक राजीनामा दिएका छन् ।

आजबाट साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरूमा जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, जनमत युवा सङ्घका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय संयोजक सी.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्यसहित केन्द्रीय सदस्य विक्रम बहादुर बम रहेका छन् ।

पार्टी अध्यक्षलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनीहरूले नेपालका विषम परिस्थिति र जनमानसको अपेक्षाअनुरूप पार्टी नेतृत्वले आत्मालोचना गर्न नसकेको र नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गर्दै नेताहरूले अपमान गरेको आरोप लगाएका छन् ।

उनीहरुले हिजो नै जनमत पार्टीका पदाधिकारीले डा. सिके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका थिए । उनीहरुले पछिल्लो समय पार्टी नेतृत्वको कमजोर प्रदर्शन देखिएको आरोप लगाएका छन् ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्