गोकर्णेश्वरमा ५१ वर्षीया महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ
काठमाडौं । गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेको छन् ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–८ घर भएकी गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ५१ वर्षीया सीतादेवी पन्तलाई खुकुरी प्रहार गरेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ३७ वर्षीय कर्णबहादुर तामाङ पक्राउ परेका हुन् ।
बिहीबार बिहान सवा ११ बजेतिर पन्तमाथि खुकुरी प्रहार भएको हो ।
तामाङले मदिरा सेवन गरी पन्तको कोठामा गएर खुकुरी प्रहार गरेको बताइएको छ । उनलाईलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
घाइते महिलालाई उपचारका लागि शंकरापुर अस्पताल नारायणटार पठाइएको छ ।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार
















