आज संविधान दिवस, टुँडिखेलमा समारोह



काठमाडौँ, असोज ३१ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ ।

अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धि स्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्