सिराहामा करेन्ट लाग्दा एक शिक्षकको मृत्यु
सिराहा । सिराहामा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ। लहान नगरपालिका- २३ गाढा निवासी ३८ वर्षीय वीजेन्द्रकुमार सहनीको करेन्ट लागेर मृत्यु भएको हो ।
खेतको धानमा सिँचाइका लागि विद्युतीय मोटर चलाउन खोज्दा करेन्ट लागेर शनिबार उनी गम्भीर घाइते भएका थिए।
सहनीलाई तत्काल आफन्त र स्थानीयले उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्याएका थिए।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। उनी लहान नगरपालिका- १९ सोनमती गाढास्थित जनता माविका शिक्षक हुन्।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार
















