काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत फेला
काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छिन् ।
काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत फेला परेकी हुन् ।
मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार
















