तालिम केन्द्रमै प्रहरी जवान मृत भेटिए
बुटवल । प्रहरी तालिम केन्द्र बुटवलमा एक प्रहरी जवान मृत फेला परेका छन् ।
बुटवल राजमार्ग चौराहास्थित तालिम केन्द्रमा कार्यरत बाँकेको राप्ती सोनारी गाउँपालिका-३ घर भएका २४ वर्षीय श्याम चौधरी गएराति रुखमा झुन्डिएर अवस्थामा फेला परेका हुन् ।
शुक्रबार तालिम केन्द्रमै रात्रिकालीन ड्युटी गरेका चौधरी शनिबार बिहान तालिम केन्द्रकै खेल मैदानको छेउमै रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
मृतक चौधरीको शव पोस्टमर्टम गरी परिवारका सदस्यहरू जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
चौधरी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। बुटवलकै प्रहरी तालिम केन्द्रमै आधारभूत तालिम लिएका चौधरीको तालिम सकिएपछि प्रहरी तालिम केन्द्रमै प्रशिक्षकको रूपमा दरबन्दी कायम भएको थियो।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार
















