नख्खु कारागारबाट भागेका कैदीले गरे ३० वर्षीया श्रीमतीको हत्या



काभ्रेपलाञ्चोक । नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्।

काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीया मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।

जवरजस्ती करणीमा जेल परेका सन्तबहादुर जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए ।

इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्