किन चाहिन्छ ‘भिटामिन बी कम्प्लेक्स’ ?


 


भिटामिन बी कम्प्लेक्स पानीमा घुलनशील भिटामिन हो । भिटामिन बी कम्प्लेक्सको कमी भएमा स्मरण शक्ति कमजोर हुनुका साथै थकान महसूस हुने र डिप्रेशन पनि हुनसक्छ । स्वस्थ रहन तथा शरिरलाई सुचारु रुपमा चलाउन भिटामिन्स र माइक्रोन्यूट्रियन्टको जरुरी हुन्छ ।

किन भिटामिन बी कम्प्लेक्स

भिटामिन बी कम्प्लेक्सले शरिरमा मोटाबलिज्म बढाउछ । मोटाबलिज्मले पोषक तत्वलाई शक्तिमा बदल्ने काम गर्छ । यसले डिएनए बनाउने काम पनि गर्छ । राता रक्तकोष निमार्ण पनि भिटामिन बी कम्प्लेक्सले गर्छ । यसले शरिरको बिभिन्न भागका लागि प्रोटीन बनाउने काम पनि  गर्छ ।

कमी भए के हुन्छ ?

– हात/खुट्टा झमझम गर्ने
– हात/खुट्टा पोल्ने
– स्मरण शक्तिमा ह्रास
– कमजोरी महसूस हुने
– थकान
– डिप्रेशन

भिटामिन बी कम्प्लेक्सको स्रोत

– मासुजन्य पदार्थ
– दूधजन्य पदार्थ (दूध, दही,पनीर, चीज आदी)
– जमीन भित्र फल्ने फल (आलू, गाजर, मूला, सलगम, तरुल आदी)

भिटामिन बी बिभिन्न रुपमा पाइन्छ । बी १, बी२, बी३ र बी १२ । यी चार तत्वको सम्मिलित रुप नै भिटामिन बी कम्प्लेक्स हो । भिटामिन बीको पहिलो सदस्य ‘थाइमीन’ हो । त्यसैले यसलाई बी१ भनिन्छ । यसले स्नायु र पाचन प्रणालीलाई स्वस्थ राख्छ । रोग प्रतिरोध क्षमता बढाउछ ।

बी१ को कमी भएमा भोक नलाग्ने, कमजोर हुने हुन्छ । यसको कमीले मानसिक समस्या पनि हुन्छ । यो चामल, गहू, जौ, सोयाबीन, केराउ, बदाम आदीमा पाइन्छ ।

भिटामिन बी२ लाई ‘राइबो फ्लोबिन’ पनि भनिन्छ । यो मुख र आखाका लागि आवश्यक हुन्छ । यसको कमीले जिब्रो रातो हुने, मुखको छाला निस्कने, आँखा कमजोर हुने, जिब्रोमा घाउ आउने जस्ता समस्या देखिन्छ । यो दूध, दही, बिभिन्न अनाज, हरियो सागसब्जिमा पाइन्छ ।

भिटामिन बी३ लाई ‘पाइरीडाक्सिन’ भनिन्छ । यो छालाको लागि आवश्यक हुन्छ । यो अनाज, दूध, कलेजो, मासु आदीमा पाइन्छ ।

भिटामिन बी१२ को रासायनिक नाम ‘सायनोकाबालामीन’ हो । यो छाला, हड्डी, काशिका, मांसपेशिका लागि आवश्यक हुन्छ । यो मासु, माछा, अण्डा आदीमा पाइन्छ । भिटामिन बी कम्प्लेक्समा नाइकोटोनिक एसिड, बायोटीन, पैन्टोथेनिक एसिड र फोलिक एसिड पनि पाइन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: १२ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्