कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि



काठमाडौं, असोज ७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु गरेको छ ।

दुई दिनसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन परीक्षार्थीहरूले अनिवार्य अङ्ग्रेजी (००४१) विषयमा परीक्षा दिनेछन् ।

एक विषयका लागि आवेदन दिने विद्यार्थीहरू सबै विषयमा अनिवार्य अंग्रेजीको परीक्षा दिनेछन् भने दुई विषयका लागि आवेदन दिने विद्यार्थीहरूले पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्नेछ ।

असोज ८ गते दुई विषय रोजेका विद्यार्थीहरूले ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

यसअघि परीक्षा भदौ २८ र २९ मा गर्ने तयारी भए पनि जेन–जी आन्दोलनका कारण देशमा उत्पन्न विषम परिस्थितिका कारण परीक्षा स्थगित गरिएको थियो ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्