पैसा नदिएको निहुँमा भाउजूमाथि एसिड प्रहार



विराटनगर । विराटनगर महानगरपालिका-९ धोबियारीमा एक देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् ।

सोमबार दिउँसो २५ वर्षीय श्रवण शाहले एक हजार रुपैयाँ नदिएको निहुँमा एसिड प्रहार गर्दा २२ वर्षीया भाउजु रागिनी देवी साह गम्भीर घाइते भएकी हुन् ।

पारिवारिक स्रोतका अनुसार, पीडितका श्रीमान् सन्तोष शाहले भाइ श्रवणले भाउजूसँग तीन हजार रुपैयाँ मागेका थिए । रागिनीले आफूसँग भएको दुई हजार रुपैयाँ दिएकी पनि थिइन् । तर, बाँकी एक हजार रुपैयाँ नपाएको निहुँमा विवाद चर्किएको थियो ।

घटना हुनुभन्दा केही समयअघि पनि श्रवणले दाजु सन्तोषलाई ज्यान मार्ने धम्की समेत दिएको बताइएको छ ।

रागिनीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

एसिड प्रहारपछि श्रवण भने फरार छन् । घटनाबारे प्रहरीमा जानकारी आएको र एसिड प्रहार गर्ने श्रवण साहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्