माल्टामा चोरी आरोपमा दुई नेपालीलाई जेल सजाय
एजेन्सी । माल्टाको एक होटलबाट सामान चोरी गरेको आरोपमा पक्राउ परेका दुई नेपालीलाई जेल सजाय सुनाएको छ ।
घरायसी कामदार २६ वर्षीया संगीता घिमिरे र २७ वर्षीया मिना कार्कीले आफ्नो अपराध स्वीकार गरेपछि मजिस्ट्रेट लारा लान्फ्रान्कोको इजलासले यस्तो फैसला सुनाएको हो । उनीहरूलाई गम्भीर प्रकृतिको चोरी आरोप लगाइएको थियो ।
गत सेप्टेम्बर १३ मा सेन्ट जुलियन्सस्थित एमई माल्टा होटलको एक कोठाबाट उनीहरूले एउटा झोला चोरेको आरोप छ, जसमा ३५० युरो, केही स्मारिका र अन्य सामानहरू थिए ।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार
















