माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केही बेरअघिबाट बैठक सुरु भएको हो।

आजको बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने केन्द्रीय कार्यालय जनाएको छ ।
माओवादीको आइतबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा विशेष महाधिवेशन गर्ने गरी पार्टीको सबै कमिटी भङ्ग गर्ने प्रस्ताव अघि सारेका थिए। त्यसबारेमा आजको बैठकमा छलफल गरेर भोलिको केन्द्रीय कमिटी बैठकले निर्णय लिने तयारी गरेको छ।

साथै बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, आगामी निर्वाचनको तयारी, पार्टीभित्रको अन्तरसंघर्षलगायतको विषयमा पनि छलफल हुनेछ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्