मलद्वारमा लुकाएको ८ सय ३५ ग्राम अवैध सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी छन् । उनलाई मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनीबाट ८ सय ३५ ग्राम अवैध सुन बरामद भएको छ । भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत् काठमाडौं आएका उनलाई आगमन भन्सार एरियामा जाँच गरिएको थियो ।
प्रहरीले शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगेर भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको सुन फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार
















