बालेन लक्षित हर्क साम्पाङको पोष्ट–जे बाँडेपनि जनताले विदेशी दलाल भनेर चिनिसके



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’माथि गम्भीर आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बालेनलाई विदेशी दलाल समेत भनेका छन् ।

देशको अवस्था खरानी बनाएर कहिले एम्बुलेन्स, कहिले छात्रबृत्ति ? भन्दै उनले बालेनमाथि प्रश्न तेर्स्याएका छन् ।

साम्पाङ भनेका छन्–‘विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै हो, अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले चिनिसक्यो विदेशी दलाल भनेर !’

यस्तो छ साम्पाङको स्टाटस

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्