केन्द्रीय समिति बैठकमा प्रचण्डले गरे केन्द्रीय समिति भंगको प्रस्ताव पेस



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत भएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

त्यसक्रममा उनले महाधिवेशन आयोजक समितिको प्रस्ताव प्रस्तुत गरेका छन् । यो विषय माओवादी केन्द्रको पदाधिकारीबाट स्थायी समिति हुँदै केन्द्रीय समितिमा आएको हो ।

माओवादी केन्द्रमा पदाधिकारी र केन्द्रीय समिति भंगको निर्णय केन्द्रीय समितिले गर्न सक्ने व्यवस्था छ । केन्द्रीय समितिबाट अनुमोदन भएमा हालका सबै कमिटी विघटन हुनेछ ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्