ठगी मुद्दामा धनुषाकी एक महिला यूएईबाट पक्राउ



काठमाडौँ । ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी धनुषाकी एक महिलालाई यूएईबाट पक्राउ गरिएको छ ।

नेपाल प्रहरीले धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाललाई यूएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको हो ।

ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएर निज महिला फरार रहेकी थिइन् । यूएईमा पक्राउ गरी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई पक्राउ गर्न इन्टरपोल महासचिवालयबाट गत चैत २१ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।

पक्राउ परेकी निज दाहाललाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्