तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु



जनकपुरधाम । धनुषामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार राति करिब साढे १० बजेको समयमा कमला नगरपालिका–२ माची र लगमाबीचको खोक्साहा पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १७ वर्षीय राहुल महतो रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यस्तै, उक्त दुर्घटनामा परेर १६ वर्षीय कुश मिश्र घाइते भएका छन् । मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्