मनसुनी वायुको प्रभाव कमजोर, कहाँ कस्तो छ मौसम ?
काठमाडौँ, असोज १० । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ भने स्थानीय वायुको आंशिक प्रभाव भएको छ । जसले गर्दा अहिले देशका अधिकांश भागको मौसम सफा रहने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ ।
कोशी प्रदेशलगायत देशको पहाडी भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार












