धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भिर घाइते



जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका-५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन् ।

विहीबार राति कमला नगरपालिका-३ लगमा बजारमा आयोजन हुँदै आएको झिझिया नाच हेर्नका लागि भारतीय नम्बर प्लेटको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भिर घाइते छन् । उनको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्