महाराजगन्जको प्रहरी वृत्त आगजनी गरेको आरोपमा १ जना पक्राउ



काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा प्रहरी वृत्त महाराजगन्जमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका वडा नम्बर–४ घर भएर धापासी बस्ने देवराज लामा छन् ।

२६ वर्षीय लामा विरुद्ध आपराधिक उपद्रव गरेको कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँकी डीएसपी पूर्णिमा चन्दले बताइन् ।

महाराजगन्जमा कार्यरत प्रहरी कर्मचारीको हत्यामा संलग्न आरोपमा यसअघि दुई जना पक्राउ गरेका थिए ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्