पार्टी एकताका लागि एकीकृत समाजवादीद्वारा वार्ता टोली गठन



काठमाडौँ, असोज ११ । नेकपा (एकीकृत समाजवादी)ले विभिन्न पार्टी तथा समूहसँग एकताका लागि वार्ता टोली गठन गरेको छ ।

पार्टीले वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता गर्नको लागि वरिष्ठ नेता डा. बेदुराम भुसालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।

शुक्रबार अध्यक्ष माधव नेपालद्वारा जारी अपानिमा उल्लेख गरिएअनुसार टोलीको सदस्यमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला छन् ।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्