सुर्खेतको बिउरेनीमा ईभी गाडी दुर्घटना



काठमाडौँ, असोज १२ । रत्न राजमार्गअन्तर्गत सुर्खेतको बिउरेनीनजिकै ईभी गाडी दुर्घटना भएको छ ।

बाँकेको कोहलपुरबाट सुर्खेतको वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२,००१ ख ११२९ नम्बरको ईभी गाडी आज बिहान ४ बजेतिर दुर्घटना भएको छ ।

दुर्घटनामा केही यात्रु घाइते भएको र उनीहरुको उद्धार गरेर प्रदेश अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेको संख्या र अवस्था हालसम्म स्पष्ट भएको छैन ।

गाडी अनियन्त्रित भई सडकबाट तल खसेको हुन सक्ने अनुमान छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्