कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक



काठमाडौं, असोज १२ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक सूचना जारी गरी यही असोज २६ गते बस्नेगरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको जानकारी दिएका हुन् ।

बैठकमा पदाधिकारी, सदस्य एवम् आमन्त्रित सदस्यहरूलाई आमन्त्रण गरिएको पनि सूचनामा उल्लेख छ ।

भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको हिंसात्मक प्रदर्शनपछि कांग्रेसले पहिलो पटक पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।

कांग्रेसभित्र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरी पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्