एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौँ, असोज १२ । जेनजी प्रदर्शनपछि आज पहिलोपटक नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्नेछ ।
सचिवालयको यो बैठक हालैको ‘जेन–जी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम बारे विस्तृत छलफल गर्न केन्द्रित हुनेछ । बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने बताइएको छ ।
प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार












