नेपाललाई राष्ट्रसंघका सेनादेखि विदेशी शक्तिहरूको रणभूमि बन्न दिन्नौँ : महेश बस्नेत



काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेपालको राष्ट्रियता अपहरण गरेर संयुक्त राष्ट्रसंघका सेनादेखि विदेशी शक्तिहरूको रणभूमि बन्न नदिने बताएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत नेता बस्नेतले यस्तो बताएका हुन् ।

उनले बालेन लगायतको समूहहरूले युवालाई अपराधी र आतंकवादी बनाउने चाललाई पनि सफल हुन नदिने बताए ।

उनले लेखेका छन्, ‘हामी नेपालको राष्ट्रियता अपहरण गरेर संयुक्त राष्ट्रसंघका सेनादेखि विदेशी शक्तिहरूको रणभूमि बन्न दिन्ने छैनौँ। जेनजी पुस्तालाई अन्तर्राष्ट्रिय एजेन्ट बनाएर उनीहरूका फन्टमा सञ्चालित बालेन लगायतको समूहहरूले युवालाई अपराधी र आतंकवादी बनाउने चाललाई हामी सफल हुन दिँदैनौं ।’

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्