आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले गर्दा अधिकांश स्थानमा साधारणतया मौसम बदली हुने देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी , बागमती, गण्डकी , लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।

यस्तै तराईका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी रातिको समयमा कोशी, मधेश, बागमती प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

कोशी र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्