३२ जना शाखा अधिकृत पदमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । बढुवा समितिको बैठकले ३२ जनालाई शाखा अधिकृत पदमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको बिहीबारको निर्णयअनुसार नेपाल प्रशासन सेवा, लेखा समूह (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत ३२ जनालाई शाखा अधिकृत पदमा बढुवा सिफारिस गरिएको हो ।
सोही अनुसार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै रिक्त रहेका शाखा अधिकृत पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार












