फेरी ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ७ हजार दुई सय रुपैयाँले बढेर तोलामा २ लाख ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन २ लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले बढेर चार हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी तोलामा चार हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार












