नारायणग–मुग्लिङ सडकखण्डको पहिरो पन्छाएर यातायात सञ्चालन
काठमाडौं, असोज १३ । मुग्लिङ नारायणगढ सडकको तुइन खोला पुल नजिकै सोमबार बिहान खसेको पहिरो पन्छाएर सवारी साधन सुचारु गरिएको छ ।
तुइन खोलामा सोमबार बिहान फेरि पहिरो खसेपछि अवरुद्ध भएको सडक साँझ ६ बजेदेखि सुचारु भएको हो । तुइन खोलमा केहिदिन अघि पनि पहिरो खसेर यातायात अवरुद्ध बनेको थियो ।
सोमबार मात्रै सो स्थानमा पटक पटक गरी तीन पटक पहिरो खसेको थियो । जसगर्दा दुईतर्फी सवारी साधन ओहोर दोहोर गर्न असहज भएको थियो ।
प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार












