प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ



काठमाडौं, असोज १५ । ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् ।

प्रहरीलाई दुव्र्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ्गलाई काठमाडौँ महानगरपालिका–१० बुद्धनगरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्